एकै घरका ३ जना घाइते बनाउने युवा फरार, खोजी कार्य जारी

 कोरखबर   ८ असोज, २०७७



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा एकै घरका तीन जनामाथी धारिलो हतियार प्रहार भएको छ । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

तीनै जनालाई घरेलु हतियारले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

स्वास्थ संस्थामा उपचार सम्भव नदेखिएपछी  हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिए। हतियार प्रहार गर्ने युवक फरार छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post