नारायणगढ-मुग्लिन सडक खण्ड पहिरो पन्छ्याउने काम सुरु

 कोरखबर   ८ असोज, २०७७



चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोका कारण अबरुद्ध थियो । आज यातायात आवतजावत  रोकेर पहिरो पन्छाउने काम भइरहेको छ ।

गएराती चारकिलोमा ९:२० मा पहिरो खसेर अवरुद्ध बनेको सडक बिहान साढे २ घण्टा एकतर्फी खुलाइएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

अत्यावश्यकका सवारीसाधनबाहेक दुईतर्फी आवागमन बन्द गरेर काम थालिएको हो जिल्ला ट्राफिक कार्यालय चितवन प्रमुख दयाकृष्ण भट्टले बताए । ‘‘बिहान केही सवारीसाधनलाई गन्तव्यतिर पठाइयो,’’ उनले भने, ‘‘अहिले भित्ताबाट बगेको लेदोसहित पन्छाउन आवागमन रोकिएको छ ।’’

एकैपटक दुईतर्फी सडक खुलाउन र काममा अवरोध नहोस् भनेर सडक बन्द गरेर काम गरिएको हो ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post