फेरी १ महिना लकडाउन ? के चाहन्छ सरकार !

 कोरखबर   ७ असोज, २०७७



असोज ७,काठमाडौँ ।  कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोड निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

कोरोना संक्रमण दर तीव्र गतिमा फैलिरहेकोले अवस्था जटिल बन्दै गएको भन्दै सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको डा. गौतमले बताए । 

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ। अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको गौतमले जानकारी दिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post