सुनको गहना चोरी गर्ने महिला सहित सुन पसले पक्राउ

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । बालबालिकाले लगाएका गहना लुट्ने एक महिला महानगरीय प्रहरी वृत बौद्धले पक्राउ गरेको छ। उपत्यकाकाभित्र बालबालिकाले लगाएका बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न संगीता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो।
   
एकान्तमा हिड्ने बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

एक दर्जन भन्दा बढी संख्यामा बालबालिकाको अबिभावकले प्रहरीमा उजुरी गरिपछी उनको खोजी कार्य जारी रहेकोमा काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ। प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै बेदर्तावाल सुन पसलेलाई पक्राउ गरेको छ ।
   
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post