मोटरसाइकल दुर्घटना: चालकको मृत्यु

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट  बाराका एकजना युवकको मृत्यु भएको छ । बुधवार राति बाराको कलैया उपमहानगरबाट बाघवनतर्फ जाँदै गरेको भे.६ प ४३५७ नम्बरको मोटरसाइकल रोकिराखेको बा.२० च ४९९३ नम्बरको पिकअपमा ठोक्किंदा मोटरसाइकल चालक अभिषेक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जनाएका छन् ।

घाइते चालकलाई कलैया अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि कलैया अस्पताल राखिएको प्रवक्ता मिश्रले बताए । थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post