कैलालीमा करेन्ट लागेर युवाको मृत्यु

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । कैलालीमा बिद्युतीय तारबाट करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने रघुवीरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

छिमेकी नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post