पहिरोका कारण कालिमाटी सडक बन्द

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकखण्डस्थित कालीमाटीमा पहिरो खस्दा बुधबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–५, कालीमाटीमा पहिरो खसेपछी सडक अवरुद्ध हुँदा रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट राजमार्ग हुँदै पहाडी जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् । अहिले सडक डिभिजनसँग समन्वय गरी सडक खुलाउन पहल भइरहको प्रहरी नायब उपरीक्षक मदन गिरिले बताए ।

मंगलबारदेखि सडकमा पहिरो खस्ने र सडक खुलाउने क्रम जारी छ । सिद्धबाबा, झुम्सा, चौबीसमाइल, कालीमाटी, गौडे पुललगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post