पहिरोमा २ गाडी पुरियो

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरोमा परि गाडी पुरिदा सकड अवरूद्ध भएको छ । गजुरीको बडा नम्बर- ५ गलौदीमा पहिरो जादा २ वटा गाडी पुरिएपछि सडक अवरूद्ध भएको हो ।

काठमाडौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको पुरिएको हो । यस्तै काठमान्डौतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले पुरिएपछी सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि सडक बिभागको गजुरी फिल्ड कार्यलयले डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post