झरीले रोकेन डा.केसी समर्थकलाई , माईतिघरमा प्रदर्शन !

 कोरखबर   ६ असोज, २०७७



असोज ६,काठमान्डौ । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सोलिडारिटी फर डा केसी अलायन्सले दबाव स्वरुप मंगलबार पनि प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा भेला भएर १०० जना प्रदर्शनकारीहरुले १०० मिनेट अनशनसमेत बसेका थिए ।

प्रदर्शनमा सहभागी युवा-युवतीहरुले “हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामि डाक्टर गोविन्द केसीको साथमा । डाक्टर गोविन्द केसीको अनसन, मेडिकल माफियालाई टेन्सन । अख्तियार हस्तक्षेप बन्द गर, दलिय भागबण्डा बन्द गर” लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग गर्दै भदौं २९ गतेबाट १९ औं अनशनमा रहनुभएको छ । जुम्लामा अनशन बस्नुभएका केसी सोमबार काठमाडौं आउनुभएको छ । जुम्लामा रहँदा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार त्यहाँबाट नेपालगञ्ज हुँदै सोमबार काठमाडौं आइपुग्नुभएको हो ।

डाक्टर केसीलाई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।डाक्टर केसीकै आग्रहमा ट्रमा सेन्टरले  डिस्चार्ज गरेपछि अहिले उहाँ शिक्षण अस्पताल भर्ना हुनुभएको छ । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post