टेलिकमको तार चोर्ने ४ जना पक्राउ !

 कोरखबर   ६ असोज, २०७७



असोज ६,मोरङ । नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा मोरङ प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रबिन सहनी र वर्ष १९ का सुमित सहनी रहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

मोरङका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर- ४ जमानुगाछीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले टेलिकमको १५० पेयर,  २२० मिटर केवल तार र को९प ४१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई चोरी ऐन अन्तर्गत मुद्दा चलाईने राईले बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post