वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु

 कोरखबर   ६ असोज, २०७७



काठमाडौं । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु  भएको छ ।

करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले बताए ।

मंगलबार बिहान ८ः३० बजे हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post