ससुराको हत्या गर्ने मगर प्रहरी हिरासतमा

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ परेका छन् । ३१ वर्षीय सुवास मगरलाई ससुराको हत्या गरेको आरोपमा आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

कावासोती नगरपालिका-१५ शेरगञ्जका ७५ वर्षीय ससुरा विष्णु राईको हत्या गरेको आरोपमा मगरलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।

राइमाथि खुर्पा प्रहार भएपछि गम्भीर घाइते भएका राईलाई जिल्ला अस्पतालमा पुर्याइएको थियो ।उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगर प्रहरीको हिरासतमा छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post