काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका ४ मा २१ वर्षीय वीरमान गुरुङले आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
भदौ ३१ गते आफ्नै बुबाको हत्या गरि चिहानमा लागि खाडलमा पुरेर दाहसंस्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।