४ दिनमा ५५ हजारले काठमान्डौ छाडे !

 कोरखबर   ५ असोज, २०७७



असोज ५,काठमाडौं । झण्डै ६ महिना लामो बन्दाबन्दीपछि गएको बिहीबारदेखि लामो, मध्यम र छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । सवारी संचालनमा आएको ४ दिनमा काठमान्डौ ओहोरदोहोर गर्नेको संख्या बढेको छ ।

गएको ४ दिनमा राजधानी काठमाडौंबाट १४ हजार १ सय ७३ वटा सवारीसाधन बाहिरिदा १४ हजार २ सय २९ वटा सवारी काठमान्डौ भित्रिएका छन् । बितेको ४ दिनमा ५५ हजार ६ सय ४१ जनाले काठमान्डौ छाडेका छन् भने भित्रिनेको संख्या ४९ हजार २ सय ६५ जना काठमाडौं भित्रिएका छन् ।

उनिहरु सबै लकडाउनका कारण बन्द भएका व्यापार व्यावसाय संचालन तथा रोजगारीका लागी काठमान्डौ भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी भीम ढकालका अनुसार अहिले दैनिक १५ देखी २० हजारले काठमान्डौ छाडिरहेका छन् । 

सवारी संचालनका लागी सरकारले मापदण्ड नै जारी गरेको छ । सरकारको मापदण्डअनुसार बसमा सिट क्षमताको ५० प्रतिशतमाात्रै यात्रु राख्न पाईन्छ भने पूरानो भाडादरमा ५० प्रतिशत बढि भाडा लिन सकिनेछ ।

सवारीमा यात्रा गर्ने यात्रुले पनि अनिवार्य मास्क लगाउनुपर्ने तथा सेनिटाईजरको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । तर सवारीसाधनले भने सरकारी मापदण्डको पालना नगरेको यात्रुहरुको गुनसो छ । भाडा ५० प्रतिशत बढि लिने तर सुरक्षा सतर्कताका कुनै उपाय नअपनाउने गरेको यात्रुहरु बताउँछन् । सम्वन्धित निकायले अनुगमन गर्नुपर्ने उनिहरुको माग छ । 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post