एकै परिवारको ३ जनाको शव पोखरीभित्र

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो ।

माछा पोखरीमा पोखरी तथा माछा हेर्ने कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका तिनै जना डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post