जेबिसी दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । बझाङमा जेबिसी दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार लु १ क १२७८ नम्बरको जेबिसी सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार ५ जना बोकेको जेबिसी दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो। घाइते हुनेमा सोही वडाका २७ वर्षीय रामबहादुर बोहरा,  ५० वर्षका  प्रताप धामी र चालक वडा नम्वर ९ का २४ वर्षीय महेश खडायत छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post