स्थानीय प्रशासनद्वरा प्याजको मुल्य निर्धारण

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । भारतबाट प्याजको आयात रोकिएपछि  नेपालमा त्यसको असर परेको छ । महँगो मूल्यमा प्याज बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही गर्न थालेको छ।

व्यवसायीहरूले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुमाथी कारबाही प्रक्रिया अघि बढाउन थालेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र  व्यापारीहरूबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए।

स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रूपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post