भवन भत्किँदा १० जनाको मृत्यु,२० जनाको उद्धार

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । भारतको महाराष्ट्रमा भवन भत्किँदा १० जनाको मृत्यु भएको छ ।भारतीय सञ्चार माध्यमका अनुसार महाराष्ट्रको ठाणे सहरस्थित भिवन्डीमा रहेको ३ तल्लाको भवन सोमबार बिहान ३ः४० मा भत्किएको हो।

करिब २५ जना भत्किएको भवनभित्र अलपत्र परेका  भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । स्थानीयले भवनमा फसेका २० जनालाई बाहिर निकालेका छन् ।

भारतको विपद् उद्धार फोर्स एनडीआरएफको टोली घटनास्थल पुगी उद्धारमा जुटेको छ । १९८४ मा बनेको त्यो भवन वर्षाका कारण कमजोर बनेको थियो । त्यसमा २१ परिवार बसोबास गर्दै आएको भारतीय मिडियाहरूले जानकारी दिएका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post