भियतनाममा आँधी: तिनको मृत्यु,११२ घाइते ।

 कोरखबर   ४ असोज, २०७७



सिन्ह्वा । भियतनाममा आएको शक्तिशाली आँधीबाट तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

क्षेत्रीय प्रान्तहरुमा नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना घाइते भएका भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले जानकारी  दिएको छ ।

मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् ।त्यस प्रान्तका १० घर भत्किएका छन् । यहाँका २६ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post