शेरधनको पत्नी दावी गर्ने बालिका प्रहरी नियन्त्रणमा !

 कोरखबर   ४ असोज, २०७७



असोज ४, काठमाडौं– आँफु प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको श्रीमती भएको दाबी गर्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको पेरिसडाँडाबाट उनलाई नियन्त्रणमा लिईएको जनाईएको छ ।

पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा आईतबार सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । बैठक चलिरहेको बेला कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।

केही नेताहरुलाई भेट्नुपर्ने भन्दै जबरजस्ती कार्यालयमा छिर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । अहिले उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको छ ।

खडकाले केहिदिन अघि मात्रै मुख्यमन्त्री राईको पत्नी दावी गर्दै अदालतमा दिएको मुद्धा फिर्ता लिएकी थिईन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post