बलात्कारको आरोपमा प्रशासन अधिकृत पक्राउ

 कोरखबर   ४ असोज, २०७७



काठमाडौं । कैलालीमा बलात्कारको आरोपमा एक प्रशासन अधिकृत पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिकाको प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्यायले कार्यालयमै कार्यरत कर्मचारीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायल पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

जाहेरीमा डरधम्की देखाएर बलात्कार गरेको उल्लेख छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post