हिन्दु र मुस्लिमबीच झडप,आज र भोलि कर्फ्यु

 कोरखबर   ३ असोज, २०७७



काठमाडौं । सर्लाहीमा आज दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ।विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा हिन्दु र मुस्लिमबीच झडप भएको थियो ।

झडपमा परि घाइते भएकाहरुको विषयलाई लिएर शनिबार  बिहानैबाट हिन्दु र मुस्लिम समुदायबीच ठाउँ–ठाउँमा जम्मा भएर विवाद गर्न खोजेकाले कर्फ्यु आदेश जारी गरिएको हो।

स्थिति नियन्त्रणभन्दा बाहिर भएको हुँदा शनिवार दिउँसो २ बजेदेखि आइतवार बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पैडेलले जानकारी दिए।

कर्फ्यु जारीपछी प्रहरीले मलंगवा बजार क्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् । विवाद मिलाउन शनिवार बिहानैदेखि दुवै पक्षका मानिस राखेर जिल्ला प्रहरी कार्यालय मलंगवामा छलफल चलिरहे पनि झडप भएको ठाउँ र नगरका विभिन्न स्थानमा ठूलो संख्यामा मानिसहरुको खल्बलिका कारण कर्फ्यु जारी गरिएको स्थानिय प्रशासनले जनाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post