१७ कैदिबन्दी आज रिहा

 कोरखबर   ३ असोज, २०७७



काठमाडौं । आज दाङको घोराही र तुलसीपुर कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । तुलसीपुर कारागारबाट ६ जना र घोराही कारागारबाट ११ जना कैदीलाई रिहा गरिएको हो ।

सम्बिधान दिवसको अवसरमा आज असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले बताए ।

त्यस्तै तुलसीपुरको कारागारमा रहेका थुनुवामा सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना गरि जम्मा ६ कैदी बन्दी रिहा गरिएको थियो ।

त्यस्तै घोराही कारागारमा २८७ जना कैदीबन्दीमध्ये ११ जना छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post