संविधान दिवस : २ सय ८९ कैदीलाई घर पठाईने !

 कोरखबर   २ असोज, २०७७



असोज २,काठमान्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २ सय ८९ कैदीबन्दीको कैद माफी (मिनाहा) गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले असल चालचलन भएका २ सय ८९ कैदीबन्दीको कैद माफी (मिनाहा) गर्नुभएको हो। 

सरकारले यसअघि पनि संविधान दिवसको अवसर पारेर चालचलन असल भएका कैदिबन्दीको कैद भुक्तानी माफी गर्ने गरेको थियो । यसैलाई निरन्तरता दिदै यसवर्ष पनि २ सय ८९ कैदीबन्दीलाई माफी दिई घर पठाउन लागीएको हो। 

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post