संविधान दिवसमा ५ सयलाई तक्मा,सबैभन्दा धेरै स्वास्थ्यकर्मीलाई !

 कोरखबर   २ असोज, २०७७



असोज २,काठमान्डौ । सरकारले हरेक वर्ष संविधान दिवसको उपलक्ष्यमा प्रदान गर्दै आएको पदक तथा अलङ्कारलाई  यसवर्ष पनि निरन्तरता दिने भएको छ । बिहिबार बेलुकीको क्याबिनेट बैठकले  सम्बन्धी निर्णय गरेको स्रोतले जनाएको छ । संविधान दिवसका दिन अर्थात शनिबार पाँच सय जनाले सरकारको तर्फबाट तक्मा पाउनेछन् । 

विषम परिस्थिति गुज्रिरहेको यो वर्षपनि गृह मन्त्रालयको सिफारिश र प्रधानमन्त्रीको अनुमोदनमा पाँच सयको हाराहारीमा पदक तथा अलङ्कार वितरण गर्ने योजना बनेको बुझिएको छ।

यसपटक सबैभन्दा धेरै पदक स्वास्थ्यकर्मीहरूलाई प्रदान गर्न लागिएको स्रोतको दाबी छ । चिकित्सकहरूमध्ये वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई र हालै अवकाश भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि ठूलै पदक दिने निर्णय छ ।

उता, दाङमा ड्रागन फ्रुट खेती गर्दै आएका माओवादीबाट असन्तुष्ट पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई पनि पदक दिने निर्णय गरिएको छ । सर्वोच्चका न्यायाधीश दिपक कार्की, उच्च अदालतका किशोर सिल्वाललाई पनि पदकको निर्णय गरिएको बताइएको छ । 

गत वर्ष मर्यादा नरहने गरी धेरैजनालाई पदक बाँडिएको आरोप लागेपछि सरकारले यस वर्षबाट दुई सयमा सीमित गर्ने बताएको थियो । तर, यो वर्ष कोरोना महामारी र लकडाउनबाट उत्पन्न विषम परिस्थितिमा समेत फेरि पाँच सय भन्दा धेरैलाई नै पदक दिने निर्णय गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post