एक अर्वको नेपाली रेल : राजाको घरमा नुन को दुख !

 कोरखबर   २ असोज, २०७७



असोज २, काठमान्डौ। निकै तामझामका साथ जनकपुरधाममा आईपुगेको नेपालको रेल अझै केहि समय स्टेशनमै थन्किने भएको छ । ६ वर्षको प्रतिक्षापछि शुक्रबार दिउँसो नेपाल आईपुगेको रेल स्पष्ट कानूनको अभावमा तत्काल संचालनमा नआउने भएको हो । नेपालमा रेल सञ्चालनका लागि अहिलेसम्म स्पष्ट कानून छैन । रेलसम्बन्धी विधेयक संसदमा छलफकै क्रममा रहेको छ ।

उसो त जनकपुरधाम प्लेटफर्ममा ल्याईएको दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ट्रायलका लागि मात्रै भएको रेल विभागले जनाएको छ । रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले ट्रायलका लागि ल्याईएको रेल सेटको सुरक्षाका लागि फेरि भारतको जयनगर स्टेशन नै फर्किने बताए । 

नेपालमा रेल सञ्चालनका लागि अहिलेसम्म स्पष्ट कानून छैन । रेलसम्बन्धी विधेयक संसदमा छलफकै क्रममा रहेको छ । 

रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि १३०० सिट क्षमताको अत्याधुनिक रेल किनेको हो । भारतको सरकारी कम्पनीमार्फत निर्माण भएको रेल सेट दुई सरकारबीच सम्झौता भई (जिटुजी) प्रक्रियामार्फत खरीद गरिएको हो । नयाँ रेल डिजेलबाट चल्नेछ । दुवै रेल सेटमा २/२ वटा इन्जिन लगाइएको छ । अगाडि पछाडि दुवैतर्फ इन्जिन लगाइएकाले ओहोर दोहोर गर्नका लागि इन्जिन फेर बदल गर्नुपर्ने झन्झट नरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

भारतबाट नेपाली रेल हिँडेको समाचार सार्वजनिक हुने वित्तिकै सर्वसाधारणहरु निकै उत्साहीत भएका थिए । समाजिक संजालहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको रेल सपनाले मुर्तरुप पाउन थालेको र नेपाल समृद्धिको यात्रामा अघि बढ्दै गरेको चर्चा चुलिएको थियो । हुन पनि हो प्रधानमन्त्री ओलीले चुनावी ताका नेपाललाई रेल हव बनाईने भन्दै मिठा मिठा भाषण गरेका थिए । भारतबाट आफ्नै रेल आँउदा कतिपयले यसलाई प्रधानमन्त्रीकै सपनासंग जोडेर चर्चा गरेका हुन सक्छ तर जयनगरदेखि जनकपुरसम्मको रेलसेवा भने विसं १९९४ तिरै बाट सुरु भएको पाईन्छ । त्यसभन्दा अगाडी राणाकालीण समयमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म रेल सेवा संचालन भएको थियोे । 

प्रधानमन्त्री ओलीले देखेको रेल सपनामध्येको काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग तथा काठमाडौँ–केरुङ रेल संचालनको योजनाले मुर्तरुप पाउन सकेको छेन् । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन भएपनि काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यताको अध्ययन नै हुन सकेको छैन् ।

प्रधानमन्त्री ओलीले देखेको रेल सपनामध्येको काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग तथा काठमाडौँ–केरुङ रेल संचालनको योजनाले मुर्तरुप पाउन सकेको छेन् । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन भएपनि काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यताको अध्ययन नै हुन सकेको छैन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post