झुण्डिएको अवस्थामा पत्रकार निर्मलाको शव फेला

 कोरखबर   २ असोज, २०७७



कैलाली। कैलालीको एक रेडियोमा काम गर्ने एक पत्रकार मृत अवस्थामा फेला परेकी छिन्। घोडाघोडी नगरपालिका-५ मा पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको बताए। घोडाघोडी नगरपालिका-४ की २३ वर्षीया पहराइ कैलाली एफएममा कार्यरत थिइन्।

३ दिनअघि घरबाट सुख्खड जान्छु भनि हिँडेकी निर्मला सम्पर्कविहीन थिइन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गरेको छ ।


  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post