ससुराली गएका दुई युवाले उतै प्राण त्यागे !

 कोरखबर   १ असोज, २०७७



काठमाडौं । ससुरालीमा आफ्नी पत्नी लिन गएका रामकृष्ण बिष्टको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका-८ का २१ वर्षीय ती युवक सुसुराको घरमा रहेकी पत्निलाई आफनो घर ल्याउन गएको बेला ससुराली गाउँ नजिकै भदौ २५ गते रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेका थिए ।

तस्तै पत्निसङ्ग सुसुराली घर गएका छाँयानाथ रारा नगरपालिका-८ कै अर्का युवा राजेन्द्रबहादुर शाही पनि ससुराली घर नजिकको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा बुधबार मृत फेला परेका छन्।

खत्याड पालिका-५ की युवतीसँग प्रेम विवाह गरेका छाँयानाथ  रारा नगरपालिका-८ रामकृष्णा बिष्ट माइति घरमा बसेकी  पत्निलाई भदौ २० गते आफनो घर ल्याउनका लागी ससुराली घर पुगेका थिए। रामकृष्णा भदौ २५ गते सुसुराली घर नजिकको रुखमा झण्डिएको अवस्थामा मृत फेला परेका थिए।

छाँयानाथ रारा नगरपालिका-७ का राजेज्द्रबहादुर शाही ससुरालीमा बसेका थिए । बिराबगरमा निमार्णधिन जलविद्युत आयोजनामा काम गरेको ज्याला माग्न हिँडेका थिए। त्यो दिनदेखि उनी आफ्नो  पत्नि र सुसुरालीसँग सम्पर्कमा थिएनन् ।

त्यहाका  स्थानीयले शाही मृत अवस्थामा देखेपछि ससुरालीलाई खबर गरेका थिए। शव गन्हाएकाले केही दिन अघिको हुन सक्ने खत्याड गाउँपालिका-६ का वडा अध्यक्ष भरत शाहीले जानकारी दिए। दुबै घटनाको थप अनुसन्धान भइरहेको छ ।

 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post