नहरमा डुबेर बालकको मृत्यु

 कोरखबर   १ असोज, २०७७



विराटनगर । मोरङमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ । रंगेली नगरपालिका-३ रञ्जनीमा१८ महिने नाबालकको बिहीबार नहरको पानीमा डुबेर मृत्यु भएको हो । घर नजिकै पानी बगिरहेको नहरमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।

दिउँसो २:३० बजे नाबालकलाई नहरमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post