क्वारेन्टाइनभित्र एक युवकले गरे आत्महत्या

 कोरखबर   १ असोज, २०७७



बुटवल । रुपन्देहीमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका -४ सेमरानाको जनजाती भवनमा क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ क्वारेन्टिनमा बस्दै आएका थिए ।
आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वारेन्टिन सुरक्षागार्डका रुपमा बसेका एक स्थानीय युवाले आत्महत्या गरेका थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post