राजधानीमा कुलमानको पक्षमा प्रदर्शन ,केही पक्राउ !

 कोरखबर   ३१ भदौ, २०७७



३१ भाद्र,काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । माईतीघर मण्डलामा प्रर्दशनको तयारीमा रहेका केहीलाई भने प्रहरीले गिरफ्तार गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह पनि गरिरहेको छ ।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै आजै काठमाडौंको बौद्ध,जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो । माईतीघरको प्रदर्शनमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाललगायतका व्यक्तिहरु समेत सहभागी हुने बताईएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post