प्राकृतिक प्रकोपबाट पाँच महिनामा ३ सय ९ जनाको मृत्यु !

 कोर खबर   ३१ भदौ, २०७७



३१ भदौ, काठमाडौं । यस वर्षको वैशाखदेखि देशभर बाढी, पहिरोलगायतका विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन् । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ लागेर मात्र ६२ जनाको मृत्यु भएको छ ।

वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । पहिरोमा परी २ सय ७० जनाको मृत्यु भएको छ । यसैगरी ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन् । चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ ।

प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङका कारण देशभर तीन सय ३६ जनाको मृत्यु, एक सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post