विद्युत प्राधिकरणमा घिसिङको पुर्ननियुक्तिको माग गर्दै प्रर्दशन !

 कोरखबर   ३१ भदौ, २०७७



३१ भदौ,काठमान्डौ ।  नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै आज राजधानीका विभिन्न स्थानमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणबाट कुलमान बिदा भएसङ्गै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग राखी  राजधानीको बालाजु, माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गरेका छन् ।

राजधानीको माइतीघरमा भेला भएका कुलमानका समर्थकहरुले सरकारलाई पुनर्नियुक्तिको दवाव दिँदै नाराबाजी गरेका छन् । यसै क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज गरेको छ ।

गत आइतबारबाट कार्यकाल सकिएका कुलमान घिसिङलाई प्राधिकरणले मंगलबार बिदाइ गरेको थियो । उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको रहेको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post