श्राद्धमा खाना खादा एकको मृत्यु, १५ बिरामी

 कोरखबर   ३१ भदौ, २०७७



कैलाली। हिन्दु धर्मानुसार अहिले सोह्र श्राद्ध तिथि चलिरहेको छ । यसैबीच कैलाली गोदावरिमा श्राद्धको खाना खाएकाहरूमध्ये एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका-१०, खमौराका सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले श्राद्धमा खाना खाएपछि बिरामी परेकामध्ये बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

खाना खाने १६ जनामध्ये एकजनाको मृत्यु भएको र बाँकी १५ जना बिरामी भएपछि विभिन्न अस्पतालमा उपचार भइरहेको       वार्ड अध्यक्ष रविन्द्र शाहीले बताए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष इन्चार्ज कृष्णबहादुर बोहराले विषाक्त खाद्यान्नबाट बनेको खाना खादा उनीहरू बिरामी परेको जानकारी दिए।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post