खोलामा डुबेर वृद्ध महिलाको मृत्यु

 कोरखबर   ३१ भदौ, २०७७



काठमाडौं । उदयपुरमा एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ । रौतामाई गाउँपालिका-७ की ६० वर्षीया तिलमाया पुलामी मगर नाम गरेकी महिलालाई  खोलाले बगाएको थियो ।

मुर्कुची बजारबाट घर फर्कंदै गरेकी ती महिला छौडिया खोला तर्ने क्रममा अचानक पानीको बहाब बढेर आउँदा खोलाले उनलाई बगाउँदा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागी लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post