बलात्कारको घट्ना गाउँमै मिलाउन पञ्चहरुको दबाब , पिडित किशोरीद्धारा आत्महत्या !

 कोरखबर   ३१ भदौ, २०७७



३१ भदौ, सप्तरी । सप्तरीमा जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले मंगलबार आत्महत्या गरेकी छन् । गाउँका पञ्चहरुले गाउँमै घटना मिलाउन दबाब दिएर प्रहरीलाई भेट्न नदिएपछि जिल्लाको डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार सोमबार बिहान आफ्नो धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

पीडितकी आमालाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले लेखेको छ, आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जाहेरी दिन जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

हाल प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ ।

पञ्चहरुले आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गराएको भनिएको छ । यस कार्यमा संलग्न अन्यको खोजी जारी रहेको एसपी धमलाले बताए । अभियुक्तको पनि खोजतलास जारी राखिएको उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post