जाँदाजाँदै कुलमानले भने : म जहाँ रहेपनि जनताकै साथमा रहनेछु !

 कोरखबर   ३० भदौ, २०७७



भदौ ३०,काठमान्डौ । मुलुकबाट १८ घण्टा लामो लोडसेडिङ हटाएर लोकप्रिय बनेका कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका छन्। भदौ २८ गते कार्यकाल सकिएका उनको पुन् नियुक्ति नभएपछि मंगलबार प्राधिकरणका कर्मचारीले औपचारिक रूपमा बिदाई गरेका हुन्।

विदाई कार्यक्रममा निकै भावुक देखिएका घिसिङले संस्थामा नेतृत्व परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएकाले सबैले आत्मसाथ गर्नुपर्ने बताए। उनले प्राधिकरणबाट आफू बाहिरिएको विषयलाई स्वभाविक रुपमा लिन सबैलाई आग्रह गरे। 

घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ घटाउने कार्य भएको र यो कार्यमा साथ दिने सबै कर्मचारी र सरोकारवालालाई धन्यवाद दिए। घिसिङले आफ्नो चार वर्षको कार्यकालमा गरेको कामले प्राधिरकणको गरिमा उच्च भएको बताए। उनले विद्युत प्राधिकरण जनताको विश्वासको संस्था बन्न सफल भएको पनि बताए । 

विदाई हुँदै गर्दा घिसिङले भने "मेरो कार्यकालमा प्राधिकरणको गरिमा बढेको छ। संस्थाको गरिमा उच्च हुँदै जाओस् शुभकामना छ,म जहाँ रहे पनि नेपाल र नेपालीको समृद्धिको चाहना पूरा गर्न केन्द्रित हुनेछु।"



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post