आमा बलात्कृत, छोराको उजुरीका अधारमा दोषी पक्राउ

 कोरखबर   ३० भदौ, २०७७



ललितपुर। ललितपुरको बाग्मती गाउँपालिका २ माल्टा ढुंगेपानीमा एकल महिला बलात्कृत भएकी छिन् । ४९ वर्षकि ती महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा सोही स्थनका दिनेश जिम्बा नाम गरेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पीडितको छोराले आमा बलात्कृत भएपछि प्रहरीमा  उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा भट्टेडाँडा प्रहरीले स्थानीय ४४ वर्षीय दिनेश जिम्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका जिम्बालाइ भट्टेडाँडा प्रहरीले महानगरीय प्रहरी वृत्त चापागाउँमा पठाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post