छोराको हत्या गर्ने ७० वर्षका बाबु प्रहरीको नियन्त्रणमा

 कोरखबर   ३० भदौ, २०७७



वीरगंज । पर्साको श्रीसियामा बाबु–छोराबीच सामन्य विवाद हुँदा बाबुले चक्कु हान्दा छोराको मृत्यु भएको छ ।  सोमवार बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी साह रौनियारले ३५ वर्षीय माधो साह
रौनियारलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

मादक पदर्थ सेवन गरि आएका लक्ष्मी र माधोबीच विवाद भएको थियो । विवादपछि लक्ष्मीले माधोलाई चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् । चक्कु प्रहार गर्ने लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चन्द्र सिंहले बताएका छन् ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post