स्वयम्भूबाट गाँजासहित २ कारोबारी पक्राउ !

 कोरखबर   ३० भदौ, २०७७



भदौ ३०,काठमाडौं । राजधानीको स्वयम्भूबाट १० किलो गाँजाको धुलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो । लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।

गाजा कारोबारमा संलग्नह उनिहरुले सो गाँजा मकवानपुरको पालुङबाट ल्याएको प्रहरीलाई बताएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post