चितवनमा पहिरो,८ घर क्षति, ५ सवारी साधन समेत बगायो

 कोरखबर   ३० भदौ, २०७७



काठमाडौं । चितवनमा पहिरोका कारण आठ घरमा क्षति पुगेको छ भने चार वटा गाडी बगाएको छ। अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुगेको थियो । उनीहरु घर छोडेर सुरक्षित स्थानमा बसेका छन्।

पहिरोले दुईवटा मोटरसाइकल,दुईवटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले बताए। त्यस्तै, पहिरोले राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा समेत क्षति पुर्‍याएको छ।

इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको  हो ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post