६ वर्षपछि पक्राउ परे जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त !

 कोरखबर   ३० भदौ, २०७७



भदौ ३०,कञ्चनपुर। कन्चनपुर प्रहरीले सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार दुईजना अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको कञ्चनपुरका प्रहरी नायव निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीपछि दुवैजना २०७१ फागुन महिनादेखि फरार थिए। कञ्चनपुर जिल्ला अदालतले दुवैजनालाई २०७२ असार २८ गते जनही ११र११ वर्षको कैद सजाय तोकेको थियो। दुवैजना घरमै रहेका बेला पक्राउ परेका हुन्। पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post