एकाएक तरकारी तथा फलफूलको मुल्य बढाएपछि, उपभोक्ता मारमा

 कोरखबर   २९ भदौ, २०७७



डडेल्धुरा । डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य बढेको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।

यो मूल्य अघिल्लो वर्षको तुलनामा सतप्रतिशत बढी छ । ताजा तरकारी उत्पादनमा सुदूरपश्चिमकै अग्रणी तथा व्यवसायिक मानिएको डडेल्धुरामा तरकारीको मूल्य अनधिकृत रुपमा आकाशिँदै गएपछि उपभोक्ता मारमा परेका छन् ।

आलु शितभण्डारमा रहेकाले अभाव सिर्जना भएको र तराई लगायत भारतीय बजारबाट पनि आयात रोकिएकाले तरकारी र फलफूलको मूल्य बढेको खुद्रा व्यवसायीको भनाइ छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात हुने डडेल्धुराको तरकारी निषेधाज्ञाको बेला पनि जिल्लामा अभाव र महंगी हुनु लकडाउनको प्रभावभन्दा पनि बिचौलियाको प्रभाव रहेको स्थानीय बताउँछन ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post