रेड पाण्डा' को छालासहित ५ जना पक्राउ !

 कोरखबर   २९ भदौ, २०७७



२९ भाद्र,बाँके । बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश विक र ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन्।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ स्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो । 

डिएसपी खड्काका अनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post