क्या काईदा ! तुरुन्तै अर्थराज्य मन्त्रीको बक्सिस.....

    २९ भदौ, २०७७



२९ भदौ,काठमान्डौ । बालुवाटारमा मौलाएको नयाँ खेलोमोलो हो यो – मन्त्रिपरिषद् पुनर्गठन र वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने । पात्र पनि तयार पारिएको छ, डा.विमला राई पौड्याल ।

उनलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले नै मन्त्रालयका कामहरु संयोजन गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन मध्येकी एक सांसद हुन्, विमला । केपी ओलीको अघिल्लो (०७२) को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी उनी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएकी थिइन् ।

उनी विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा थिइन् । ०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन् । विवाह भने राई थरका पुरुषसँग गरेकी हुन् । त्यसयता उनी कुनै पनि राजनीतिक भूमिका र जिम्मेवारीमा छैनन् ।

जनतासँग नजोडिएको व्यक्ति कुनै विषयको विज्ञ भएकै नाममा मन्त्री हुँदा सरकारलाई पर्ने क्षतिका अनगिन्ती उदाहरण छोडेर भर्खरै डा.खतिवडा मन्त्रीबाट बहिर्गमित भएका छन् । विमला पनि गैरराजनीतिक पृष्ठभूमिबाट सांसद बनेकी हुन् ।

नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गरेकी उनले त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थतन्त्रमा स्नातक तहको अध्ययन पनि गरेकी छन् । जन–आस्थामा समाचार छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post