अपहरणमा परेको भन्दै प्रहरीलाई झुठो उजुरी दिने महिला पक्राउ

 कोरखबर   २९ भदौ, २०७७



२९ भदौ, काठमाडौं । अपहरणमा परेको भन्दै  युवक र प्रहरीलाई दुख दिने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २६ गते बर्दिया ठाकुरबाबा नगरपालिका–४ मैनवाकी ३३ वर्षीया आशिककुमारी चौधरीले नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित शान्ति चौधरीको घरमा भाडामा बस्दै आएकी उनले सानु दहित नामको फेसबुक आइडीबाट नवलपरासी बस्ने एक युवकसँग जोडिए । ती युवक र सानु दहित बनेकी चौधरीबीच फेसबुकमै कुराकानी हुन थाल्यो।

युवतीलाई भेट्न र भिडियो कलमा कुराकानी गर्न खोज्दा युवती भने भिडियो कलमा जोडिन र भेट्नभन्दा पन्छिन्थिन्। तर भदौ २६ गते ती युवतीले नवलपरासीका ती युवकलाई आफ्नो पोखरामा पनि घर रहेको, आफ्नै कार रहेको र कारमा पोखरा जादै गरेको बताइन्। त्यसपछि ती युवकलाई समेत पोखरा बोलाइन्। युवकले समेत उनको कुरामा सहमत जनाए।

बीच बाटो चन्द्रौटामा पुगेपछि आफू अपहरणमा परेका भन्दै युवकलाई भनिन्। तर युवकले नपत्याएपछि यो कुरा मैले प्रहरीलाई समेत खबर गरिसकेको छु भन्दै उनले फोन गरि प्रहरीलाई आफू अपहरणमा परेको बताइन्।

त्यसपछि प्रहरी उनको अनुसन्धानमा जुटेको थियो। अनुसन्धानका क्रममा ती युवती अपहरणमा नपरेको भई युवकले भेट्न खोजेपछि अपरहणको नाटक गरेर प्रहरीलाई समेत खबर गरी आफ्नै कोठामा बसेको पाइएको थियो। जिल्ला प्रहरी कार्यालय नेपालगञ्जले अपहरणको नाटक गर्ने चौधरीलाई नेपालगञ्जस्थित आफ्नै कोठाबाट पक्राउ गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post