ओम्नी ग्रुप एक वर्षका लागी कालोसूचीमा !

 कोरखबर   २९ भदौ, २०७७



२९ भदौ,काठमान्डौ । सरकारले ओबिसीआई (ओम्नी ग्रुप) लाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखको हो। कार्यालयले ओम्नीलाई एक वर्षसम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो।

कार्यालयले भदौ २८ गते विभिन्न सरकारी निकायबाट प्राप्त भएको विवरणका आधारमा एक वर्षका लागि कालोसूचीमा राखको सूचना प्रकाशन गरेको छ। कार्यालयले सार्वजनिक खरिद अनुगमन ऐनमा दफा ५३ को उपदफा १ बमोजिम कालोसूचीमा  राखेको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ओम्नीसँग मेडिकल उपकरण खरिदको सम्झौता चैत १२ मा गरेको थियो। तर, ओम्नीले सेटिङमा मेडिकल उपकरण तथा सामग्री खरिदको टेन्डर हात पारे पनि समयमा भने अनुसारको मेडिकल सामग्री  दिन सकेकाे थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post