सार्वजनिक बसभित्र यात्रुको ७१ हजार रकम लुट्ने लुटेरा समुह पक्राउ

 कोरखबर   २८ भदौ, २०७७



काठमाडौं  । काठमाडौं उपत्यकामा दिउँसै लुटपाटका घटना बढ्न थालेका छन् ।बसका यात्रुको ठूलो रकम लुटपाट गरेर भाग्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बसका यात्रुको ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट झरेर भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २४ वर्षीय सन्तोष विष्ट सहित ४ जना रहेका छन् । बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषको रकम लुटेर उनीहरु भाग्दै थिए ।

पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीलले फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post