घुम्थाङ पहिरोमा सभामुख सापकोटा : दिर्घकालिन बस्ती स्थानान्तरणमा जोड (भिडियो)

 राजिव कार्की   २८ भदौ, २०७७



२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङका पहिरो प्रभावितलाई भेट्न पहिरोस्थल पुग्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले तत्काल बस्ती स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

असारको २४ गतेदेखी हालसम्म बाढिपहिरो जस्ता विभिन्न खालका प्रकोपको घटना घटिरहेको स्मरण गराउँदै सभामुख सापकोटाले सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक प्रकोपको चुनौती रहेको बताउनुभयो । कतिबेला कस्तो दुर्घटनाहुन्छ त्यो आँकलन गर्न नसक्ने भन्दै सभामुख सापकोटाले दिर्घकालिन योजना बनाएर पाईलट प्रोजेक्टकै रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

स्थलमार्ग हुँदै घुम्थाङ पुग्नुभएका सभामुख सापकोटाले तत्कालका लागी अस्थायि व्यवस्था गर्नुपर्ने र विशेषज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्री कार्यलयमा बुझाई  एकिकृत योजना बनाएर दिर्घकालिन स्थानान्तरणको काम गर्नुपर्ने बताउनुभयो । त्यसका लागी संघिय सरकारले केन्द्रिकृत योजना तत्काल बनाउनुपर्नेमा सभामुखको जोड थियो । उहाँले घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँफुले जानकारी गराईसकेको र राजधानी फर्कने वित्तिकै सरोकारवाला निकायसंग छलफल गरी निचोड निकाल्ने जानकारी दिनुभयो ।

 

गएरातिको वर्षाका कारण घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाएका छन् । पहिरामा परी ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

उक्त घटनामा ५ जनाको जिवितै उद्धार गरि उपचारका लागी अस्पताल लगिएको छ भने २२ जना अझै बेपत्ता रहेको जनाईएको छ । उद्धारको काम अहिलेपनि चलिरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post