बाह्रबिसेमा पहिरो जादा एक पुरुषसहित सातजनाको शव फेला ,२४ जना बेपत्ता खोजी कार्य जारी

 कोरखबर   २८ भदौ, २०७७



काठमाडौं। बाह्रबिसे नगरपालिका-७ मा गएराति चार ठाउँमा पहिरो जादा पुरिएकामध्ये एक पुरुषसहित सातजनाको शव फेला परेको छ। अझै २४ जना बेपत्ता छन्।

पहिरोमा पुरिएर शव फेला परेकामध्ये विक टोलका दुईजना, श्रेष्ठ टोलका एकजना र शेर्पा टोलका एकजनाको पहिचान पहिचान खुलेको हो। 
गएराति वर्षापछिको पहिरोले १४ वटा घर पुरेको छ। पहिरोग्रस्त क्षेत्रमा खोज तथा उद्दार कार्य जारी छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोग्रस्त क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको बताए।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post